सार्वजनिक विदा दिएर सरकारले जनयुद्धप्रति न्याय गरेको छ : मन्त्री रेखा शर्मा


दाङ : सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सरकारले जनयुद्धप्रति न्याय गरेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र दाङले आयोजना गरेको २८ औं जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सहिद, वेपत्ता, घाइते अपांगलाई आजको सार्वजनिक विदाले उच्च सम्मान व्यक्त गरेको धारणा राख्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले गरेको यो कामले जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गरेको उहाँले बताउनुभयो ।

जनयुद्धको योगदान समानता भएको बताउँदै त्यसको कार्यान्वयनमा सरकार जुटेको मन्त्री शर्माले वताउनुभयो । मन्त्री शर्माले माओबादी टुटफुट र बिभाजन भएपनि आफ्नो विरात कायम राखेको बताउनुभयो ।

माओवादीको एजेन्डामा देश सर्वसम्मत रुपमा अगाडि बढेको भनाइ व्यक्त गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको राजनीती अगाडि बढेको बताउनुभयो ।

जनयुद्धजनयुद्धको परिवर्तनलाई सरकारले एउटा अंशको रुपमा राख्न खोजेको भन्दै उहाँले त्यस अनुसार हामी जहाँ छौ त्यस ठाउँबाट सम्पूर्ण कार्यकर्ता माथि उठ्न जरुरी छ भन्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्यले पनि सार्वजनिक विदा दिएकोमा सरकारलाइ धन्यवाद दिनुभयो । यसलाई राष्ट्रिय विदाको रुपमा स्थायित्व दिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

यसैबिच २८ औं जनयुद्ध दिवसको अवसरमा दाङको घोराहीमा रक्तदान आयोजना गरिएको छ । ३६ जनाल रक्तदान गरेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस