बर्दियामा आफ्नै बस जलाउने एक जना पक्राउ

बर्दिया : बर्दियामा बीमा दाबी गर्नका लागि आफ्नै बस जलाउने एक जना पक्राउ परेका छन् ।

आज सोमवार बिहान मधुवन नगरपालिकाको पक्की सडकमा लु २ ख २०८४ नम्बरको बस आगो लागिरहेको अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यसपछि अनुसन्धान गर्दा गाडी चालक रामु चौधरीले नै बसमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

त्यस्तैगरी बस बिग्रिएकोले मर्मतका लागि ग्यारेजमा लिएर गएकोमा खर्च धेरै लाग्ने भएपछि चौधरीले बस जलाएको बयान दिएका प्रहरीको बताएको छ ।

प्रतिक्रिया दिनुहोस