पर्वत : कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार दुर्घटनामा भ्यान चालक खुर्कोटकै ४० वर्षीय बालकृष्ण पौडेल पाध्याको मृत्यु भएको हो।
आइतबार साँझ सदरमुकाम कुश्मा बजारबाट खुर्कोटका लागि गएको ध१ज ११२३ नम्बरको इको भ्यान मध्यपहाडी लोकमार्ग पोखरा–बागलुङ सडक खण्डको घुम्तीबाट खुर्कोटतर्फ लागेको थियो। घुम्तीबाट केही माथि रहेको कालोपत्रे भित्री सडकको ढलान गरिएको भागको उकालो सडकबाट करिब ५० मिटर तल खसेको थियो।
प्रहरीले उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगेकोमा उपचारकै क्रममा आइतबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा सामान्य घाइते भएका २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना बिक पर्वत अस्पतालमा नै सामान्य उपचारपछि घर फर्किएका छन्।