नेकपा एमाले अध्यक्ष ओली आज झापा जाँदै

दाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जादै हुनुन्छ।

झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा जान लाग्नु भएको हो। ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिनु भयो।

अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। त्यस्तैगरी ओली भोलि मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस