काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राष्ट्रपतिको चुनाव नजिकिएसँगै धेरैलाई राष्ट्रपति पद बाँडिएको बताउनु भयो।
पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले हरेक व्यक्ति राष्ट्रपति म हुने भएँ भनेर दंग परिरहेको उल्लेख गर्नुभयो।
‘अहिले राष्ट्रपतिको चर्चा छ। प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन्। सबैलाई पद दिइएको छ। म भैहालेँ भन्ने पनि परेको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन।’ नेपालले भने, ‘राजनीति यही ढंगले अघि बढेको छ,मैले संकेत मात्र गरेको हो । धेरै कुरा नभनौं ।’
उआँले आफूहरू पनि राष्ट्रिय राजनीतिमा जर्वजस्त प्रभाव पार्न सक्ने शक्ति भएको दाबी गर्नु भयो।
‘हामी पनि छौं है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौं।’ नेपालले थपे, ‘मैले भन्न खोजेको राजनीति प्रभावित गर्ने कुरामा हाम्रो पनि भूमिका छ।’