कैलाली : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिनु भएको छ
आज शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री शाहले आज शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्नु भएको छ । उहाले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गर्नु भएको छ ।
त्यस्तैगरी नवनियुक्ति दुई मन्त्रीले पनि आजै शपथ लिएका छन् ।