दाङ : नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागी हुने भएको छ । एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका थिए । आज मुख्यमन्त्री शाहले शपथ लिँदैछन् । मुख्यमन्त्री शाहले शपथ लिएलगत्तै कांग्रेसका एक र एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिने कार्यक्रम रहेको समाजवादीका नेता दीर्घ सोडारीले जानकारी दिनु भयो।
‘त्यस्तैगरी हाम्रो पार्टी सरकारमा जान्छ, व्यक्ति को भन्ने तय भैसकेको छैन’, सोडारीले भन्नु भयो । यसैबीच मुख्यमन्त्री शाहले साढे ३ बजे शपथ लिने भने पनि आधा घण्टा पर सरेको छ । चार बजेमात्रै मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका ४ सांसद रहेका छन् ।