दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्षुमण गुरुङको निधन

दैलेख : दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्षुमण गुरुङको निधन भएको छ । ७७ वर्षीय अध्यक्ष गुरुङको आज शुक्रवार दिउँसो निधन भएको हो ।

स्वास्थ्य जाँचका लागि काठमाण्डौ आउने क्रममा अकस्मात् मुटु दुखेपछि दैलेख अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा उहाँको निधन भएको उहाँका भतिजा जगत गुरुङले जानकारी दिनुभयो ।
हिजो बिहान स्वास्थ्यमा समस्या देखिएपछि दैलेख सदरमुकाममा जचाउँदा सामान्य देखिएपछि अध्यक्ष गुरुङ घर फर्किनुभएको थियो । आज उपचारका लागि जाँदै गर्दा बाटोमै उहाँलाई हृदयघात भएको बताइएको छ ।

उहाँ यसपालिको पालिका चुनावमा नेपालभरकै ज्येष्ठ पालिका प्रमुख हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस