दाङ : दाङको महेन्द्र बहुमखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को बिएसी प्रथम वर्षमा अध्यनरत्त कुलराज बिष्टको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सृजना खरेल र ललित पुन , सचिबमा दिपक घर्ती मगर सह सचिबहरुमा पार्वती कुमाई, लोकेन्द्र डागि र रोसन खड्का र कोषाध्यक्षमा अस्मिता चौधरी रहनु भएको छ ।
अखिल ९क्रान्तिकारी० दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , हरिराम यादब,प्रकास शाहि लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण दिपक ओलिले गर्नु भएको थियो । अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक महराले जानकारी दिनु भएको छ ।