दाङ : सुदूरपश्चिम प्रदेशसभाको प्रदेशसभा बैठकका सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ।
चार बजेका लागि बोलाइएको प्रदेशसभा बैठक भर्खरै सुरु भएको हो। सरकार जोगाउन आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनैपर्ने अवस्था छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि दुईपटक सर्दै आएको थियो।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। उनी एकमहिनाअघि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।