प्रधानमन्त्री प्रचण्ड र युरोपेली आयुक्त उर्पिलाइनेनबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त जुटा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ ।

आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग आयुक्त उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन नेपालको एक दिने औपचारिक भ्रमणमा आजै नेपाल आइपुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस