हेटौँडामा बाघको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

हेटौँडा : हेटौँडाको हर्नामाडीमा बाघले आक्रमणबाट घाइते भएकी छिन् । हेटौँडा उपमहानगरपालिका १८ हर्नामाडीको मानेडाँडा बस्ने ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

आज दिउँसो ४ बजेतिर घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनको गाला, ओठ र ढाडमा चोट लागेको र थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको ठुलोदमार प्रहरी चौकीका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले जानकारी दिनुभयो । उनको अवस्था सामान्य छ ।

घटना भएको स्थल रामधुनीबाट डेढ किलो मिटरको दुरीमा छ । हिजो मङ्गलवारदेखि हेटौँडा १८ हर्नामाडीको गुम्बाडाँडामा बाघको त्रास बढेको छ । गाउँमा बाघले निरन्तररूपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । अहिले वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी इन्चार्ज देवकोटाले बताउनुभयो ।

पछिल्लो समय वनजङ्गलमा घाँस, दाउरा तथा खुला चरणमा रोक लगाएपछि त्यस क्षेत्रमा झाडी अत्यधिकरूपमा बढेको छ । त्यही कारणले गाउँमा वन्यजन्तुको प्रवेश भएको हुनसक्ने आँकलन

प्रतिक्रिया दिनुहोस