राष्ट्रिय सभा सदस्य उपनिर्वाचन: एमालेका दसौदी निर्वाचित

दाङ : राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन ।

सत्ता साझेदार दलको तर्फबाट एमालेका दसौदीले मनोनयन दर्ता गराएका थिए । दसौदीले ४ हजार २६ मत प्राप्त गर्दै बिजय भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले बताए ।

उनका प्रतिद्वण्डी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे । यस्तै नागरिक उन्मुक्ती पार्टिका राजेन्द्रविर रायले १ सय ९२ मत प्राप्त गरेका छन । प्रदेश सभा तर्फ तीन मत बदर भएको निर्बाचन अधिकृत कार्कीले जानकारी दिए ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचन भएको हो । तीन सय ५ मतदाता मध्य ३०४ मत खसेको थियो । लुम्बिनी प्रदेश सभा सदस्य ८७ र प्रदेश अन्तरगतका १०९ पालिकाका प्रमुख उपप्रमुख गरि २१८ मतदाता छन । जसमध्य १ मत भने खस्न सकेन ।

निर्वाचित भएका दसौदी रोल्पा रुन्टीगढी वडा नम्बर ५ निवासी हुन । मनोनयन दर्तामा दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ थिइन ।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका थिए । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी थिए ।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका थिए

प्रतिक्रिया दिनुहोस