दाङ : लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ।
बुधबार बिहान ७ १७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
बेँसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ।
त्यस्तैगरी माघ १० गते बाजुरामा ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो।