राष्ट्रपतिमा सहमतिमा हाम्रा उम्मेदवारलाई जिताउँछौं : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति बताउनु भयो।

प्रेस युनियन बागमती प्रदेशको चितवनमा सुरु अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले फागुन २५ गते हुने निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बन्ने पनि दाबी गर्नु भयो

‘अब आउने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले अन्य दलहरूसँग सहमति गरेर हाम्रा उम्मेदवार जिताउँछौं,’ उहाँले भन्नु भयो

नेता कोइरालाले आफूहरू सरकारमा नजाने उल्लेख गर्दै संसद्मा प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनु भयो।

‘त्यस्तैगरी केही दलहरूले कांग्रेसले भाँजो हाल्यो भनेका छन्। हामी ठूलो पार्टी हौं। धेरै सांसद हामीसँग छन्। हामी प्रतिपक्षमा छौं। प्रतिपक्षीको भूमिका खेल्छौं। हामी सरकारमा जाँदैनों तर, हामी गभर्नमेन्ट इन वेटिङ पनि हौं भन्ने कुरा उहाँहरूले बुझ्न जरूरी छ। यो कुरालाई सत्ता पक्षका केही दलहरूले बुझेर बुझ पचाएको जस्तो देखिन्छ। हामीहरूको जिम्मेवारी पनि त्यही हो। हामी विपक्षमा बस्छौँ, सरकारमा जाँदैनौं। यो कुरा सत्य हो। ती कुराहरूलाई हामी अगाडि बढाउँछौं,’ उहाँले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस