सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बड्यो

काठमाडौं : आज नेपाली बजारमा सुनकोमुल्य प्रतितोलामा ५ सय रुपैयाँले बढेको छ भने हिजो सोमबार प्रतितोलामा दुई हजार रुपैयाँले घटेको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

सुनको मुल्य बढे पनि आज चाँदीको मुल्य ने स्थिर रहेको छ । आज चाँदी प्रतितोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस