आजको मौसम यी ठाउँमा हिमपातको सम्भावना

काठमाडौं : प्रदेश नं १ का पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका धेरै ठाउँमा मा सोमबार हुस्सु तथा कुहिरो लागिरहेको जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै अन्य भूभागको मौसम सामान्तया सफा छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोछ।

पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस