यूएईमा एक नेपालीले जिते ८३ करोड रूपैयाँको चिट्ठा

दाङ : कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेका थिए ।

रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित हुँदै पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस