दाङमा समानानतर कमिटी गठन गरेका अनेरास्ववियुका इन्चार्ज र दुई सह-इन्चार्जलाई कारबाही सिफारिस

दाङ : एमाले दाङले अनेरास्ववियु दाङका इन्चार्ज बिरवल खड्कासहित अन्य दुईजना सह-इन्चार्जलाई कारबाही गर्न सिफारिस गरेको छ ।

अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले बिहीबार अनेरास्वियुका अध्यक्ष र महासचिवलाई पत्र लेखेर अखिलका दाङ इन्चार्ज खड्का, सह-इन्चार्ज प्रकाश शर्मा र गोपाल रेग्मीलाई कारबाहीको सिफारिस गरेका छन् । माघ ११ मा भएको जिल्ला सम्मेलनमा भाग नलिई समान्तर कमिटी गठन गरेको आरोपमा उनीहरूलाई कारबाहीको सिफारिस गरिएको हो ।

जिल्ला सम्मेलनले गोविन्द बस्नेतको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेपछि इन्चार्ज खड्का, सह-इन्चार्जद्वय शर्मा र रेग्मीले अधिवेशनमा सहभागी नभइ प्रकाश रावतको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेका थिए । उनीहरूले पार्टी र संगठन बिरोधी काम गरी अनुशासन उलंघन गरेकाले कारबाही गर्न अखिलको केन्द्रीय कमिटिलाई सिफारिस गरिएको सचिव बुढाथोकीले जानकारी दिएका छन् ।

त्यस्तैगरी एमाले दाङले उनीहरू तीनै जनालाई पार्टि र संगठन बिरोधि गतिविधिमा किन संलग्न भएको भन्दै स्पष्टिकरण सोधेको छ । तीन दिन भित्र लिखित स्पष्टिकरण बुझाउन तीन दिनको म्याद दिइएको थियो।

प्रतिक्रिया दिनुहोस