दाङको घोराहीमा खुमबहादुर खड्का स्मृति दोश्रो पुरुष भलिबल प्रतियोगिता २०७९ को प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् । नेपाली कांग्रेसका स्वर्गीय प्रभावशाली नेता खुमवहादुर खड्काको सम्झनामा प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा दाङका दश वटै पालिकाको सहभागिता रहेको छ ।
‘१० वटा टिम सहभागी टिमलाई २ समूहमा राखिएको छ जस्मा समूह ए मा तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका रेहेको छ भने समूह बि मा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, दंगीशरण गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका रहेको छ ।
माघ २० गते हुने उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिका बिच हुने छ समूह चरणको खेल माघ २५ गते सकिने छ सूमह बिजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन । सेमिफाइनल खेलहरु माघ २६ गते हुने छ जस्को बिजेता फाईनलमा जानेछ भने उपविजेता टिम तृतियको लागी भिड्ने छ ।
एउटा टिम २ जना सम्म पालिका बहिरको खेलाडी समेत खेल्न पाउने आयोजक समितिका संयोजक आचार्यले जानकारी दिएका छन् । सबै खेल जिल्ला विकास समन्वय समितिको खेलमैदानमा हुने द्ध ।
लुम्बिनी प्रदेशमै सबैभन्दा ठूलो राशी रहेको भलिबल प्रतियोगिताको बिजेताले २ लाख २५ हजार रुपैयासहित शिल्ड,प्रमाणपत्र र मेडल जित्ने छ । प्रतियोगिताको उपबिजेताले १ लाख १२ हजार पाँच सय र तृतिय पुरस्कार ५६ हजार २५० र सात्वना स्थान प्राप्त गर्ने टिमले १३ हजार ५ रुपिया प्राप्त गर्ने भलिवल प्रतियोगीता आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।