रौतहट : नेकपा एमालेको सूर्य चुनाव चिन्ह्बाट चुनाव जितेर अन्य पार्टीमा लागेकाहरूलाई नेकपा एमालेले धमाधम स्पष्टीकरण सोध्न थालेको छ।
पार्टीलाई चित्त बुझ्दो जवाफ नदिए नेकपा एमालेको सूर्य चिन्ह्बाट चुनाव जितेर अन्य पार्टीमा लागेकाहरू माथि एमालेले अब कारबाही गर्ने भएको हो।
यस्तै, नेकपा एमालेको चुनाव चिह्रबाट देवाही गोनाही नगरपालिकाको उप(मेयर जितेकी परनिया देवी पटेलले आफू कुनै पार्टीमा नगएर एमालेमै रहेको बताएकी छन्।
उनको आफ्नो फेसबुकमा आफू एमालेमै रहेको र प्रभु साहको पार्टीमा नगएको बताएकी हुन्। प्रभु साले आम जानता पार्टी खोलेपछि उप(मेयर पटेल उनकै पार्टीमा लागेकी थिइन्। एमालेबाट चुनाव जितेर अन्य पार्टीमा लागेको भन्दै एमालेले उनलाई पटक(पटक स्पष्टीकरण सोधेको थियो।
यता, गत माघ ५ गते देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र मौलापुरका प्रमुख रिना साहलाइ नेकपा ९एमाले० मधेश प्रदेश कमिटीले दोस्रो पटक स्पष्टिकरण सोधेको थियो। २४ घण्टाभित्र चितबुझदो स्पष्टिकरण नदिए कारवाही गर्ने कमिटीले चेतावनी दिएको भए पनि दुवै जनाले कुनै वास्ता गरेका छैनन्।
देवाही गोनाही नगरपालिकाका मेयर साहलाई सोधिएको स्पष्टीकरणको पत्र उनले बुझ्न नमानेपछि उनकै नगरपालिकाको सुचना पाटीमा सो सुचना टाँस गरिएको थियो।