साउदी : वैदेशिक रोजगारीमा साउदीमा कार्यरत श्रमिकलाई फेक कलरम्यासेज गरी लुटिरहेको खवरहरु सार्वजनिक भए संगै नेपाली राजदूतावास साउदी अरबले एक सूचना जारी गर्दै सचेत हुन आग्रह गरेको छ।
विगत केही समयदेखि साउदी अरबका मोवाइल नम्बर प्रयोग गरी आफूले साउदी गृह मन्त्रालयबाट फोन गरेको भन्दै बैंक खाता विवरण , इकामा नं । अब्सेर अकाउन्टको पासवर्ड , पिन नं । जस्ता गोप्य एवम् महत्वपूर्ण व्यक्तिगत विवरण माग्ने र यदी उसले मागेको विवरण दिन आनाकानी गरेमा कानूनी कारवाही गर्ने धम्की समेत दिने गर्ने गरेको पाइएको र जस जसले त्यसरी फोन गर्ने व्यक्तिलाई आफ्नो बैंक तथा अब्सेर अकाउन्टसँग सम्बन्धित गोप्य विवरण दिनुभयो उहाँहरूको बैंक खातामा भएको सम्पूर्ण रकम चोरी भएको पाइएको छ । ठगहरूले यस्ता किसिमका र अन्य प्रलोभनजन्य म्यासेजहरू ह्वाट्सएपमा पनि पठाउने गरेको पाइएको छ । साउदी गृह मन्त्रालय वा अन्य कुनै पनि निकायले कसैको पनि बैंक तथा व्यक्तिगत डाटा अपडेट गर्नुपयो स विवरण देउ भनेर फोन गर्दैनन् । यदी त्यस्तो कुनै विवरण अपडेट गर्नुपन्यो भने सम्बन्धित एप वा आधारिक च्यानलमार्फत अपडेट गर्न सम्बन्धित प्रयोगकर्तालाई नेपाली दूतावासले अनुरोध गरेको छ
यदी बैंक खाता वा अब्सेर अकाउन्ट वा व्यक्तिगत डाटा अपडेट गर्नुपयो तिम्रो विवरण देउ भनेर कसैले फोन गयो भने त्यो व्यक्तिलाई कदापी आफ्नो इकामा नं । , बैंक खाता नं । , एटीएमको पिन नं । , अब्सेर अकाउन्टको पासवर्ड जस्ता कुनै पनि गोप्य विवरण सेयर नगर्नु होला । अन्यथा तपाइँ ठगिन सक्नुहुन्छ । तपाइँले मेहनत गरेर कमाएको पैसा क्षणभर मै कसैले तपाइँको बैंक खाताबाट चोरी दिन सक्छ । वा तपाइँको विवरण प्रयोग गरेर अरू कसैले अवैध काम गर्नसक्छ दूतावासले नेपाली श्रमिकलाई सचेत गराएको छ।
साउदी अरबमा केही समय पहिले हिन्दी भाषा बोल्ने ब्यक्तिले कल गरि लाखौंको लोटरी परेको र उक्त लोटरीको राशि पाउन प्रोसेसको लागि रकम लाग्ने बिश्वासमा पारी सोझासिधा नेपाली श्रमिकलाई लुट्दै आईरहेको समाचार सार्वजनिक भएका थिए। अहिले राम्रो अङ्ग्रेजी बोल्ने ब्यक्तिले कल गरि ब्यक्तिगत विबरण लिई लुट्ने गरेको पाएको छ।