राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापतिमा रवि लामिछाने


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिनु भयो ।

रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिउनु भएको थियो ।

रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरेको थियो । सँगै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त हुनु भएको थियोउपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।

प्रतिक्रिया दिनुहोस