कमिरेचौर : नेपाल नर्सिङ संघ बंगलाचुलीले पनि ६१ औ नर्स दिवस आज एक कार्यक्रम गरी मनाएको छ । बंगलाचुली गाउँपलिका भरका स्वास्थ्य संस्था मध्ये हासिपुर स्वास्थ्य चौकिमा कार्यरत जेष्ठ सदस्य सिनियर अनमी देविकला बुढा मगरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जि सिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनौलो हजार दिने ३ जना गर्भवती र एक जना सुत्केरीलाइ अण्डा र क्याल्सियम चक्कि वितरण गरिएको थियो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं ५ का अध्यक्ष लिला बहादुर घर्ती, बंगलाचुली गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ६ का अध्यक्ष डोम बहादुर केसि, बंगलाचुली अस्पतालका सिनियर अहेब धन बहादुर पुन, अहेब लोक बहादुर बिश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासले नर्स एउटा मर्यादित पेशा भएको र मानिसको जिवन बचाउने जिम्मेवारी नर्सको भएको बताउनुभएको थियो । देशलाइ अगाडि बढाउन नर्सहरुको ठुलो भुमिका भएको बताउदै उहाँले नर्सहरुको सेवाप्रदायक सहि हुनुपर्ने र समाजमा जतिबेला जे घटना पनि हुन सक्ने भन्दै नर्सहरु सधै तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । साथै विश्वयुद्दको समयमा ठुलो योगदान दिएको नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झना पनि गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष भक्त बहादुर जिसिले नर्सहरु आफ्नो पेसा प्रति सन्तुष्ट हुन र स्वास्थ्य सेवा सुन्दर बनाउन आग्रह गर्नुभयो ।
बंगलाचुली अस्पतालका स्टाफ नर्स सम्झना कार्किको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल नर्सिङ संघ दाङका सचिव तथा बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक इन्द्रा घर्ती मगरले गर्नुभएको थियो ।
यस्तै आजै लक्ष्मि थापा मगरको अध्यक्षतामा ९ सदस्यीय नेपाल नर्सिङ संघ बंगलाचुलीको नयाँ कार्यसमिति पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा दुर्गा क्षेत्रि, सचिवमा उर्मिला कुवर चयन हुनुभएको छ ।यस्तै सदस्यहरुमा निशा राना मगर, शर्मिला महरा, कल्पना रावत, सन्ध्या चौधरी र देविकला बुढा मगर रहनुभएको छ । यस्तैगरी सल्लाहाकार सदस्यमा इन्द्रा कुमारी घर्ती मगर रहनुभएको छ।