उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी गरिन दर्ता

काठमाडौं : नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शुक्रबार अपराह्न नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर सांसद यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का सर्वेन्द्रनाथ शुक्ला र नेकपा ९एकीकृत समाजवादी० पार्टीका मेटमणि चौधरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस