काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
रानाको प्रस्तावकमा राश्वपाकी सोबिता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन गर्नु भएको थियो । रानालाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ ।