दल र जनप्रतिनिधिलाई चुनौती : चिया पसले खोले हाटबजार

दाङ : लहान नगरपालिका–१३ स्थित शिव चोकमा सोमबार र बिहीबार साप्ताहिक कृषि हाटबजार लाग्न थालेको छ। हाटबजार लगाउने श्रेय कुनै विशेष दल र जनप्रतिनिधिलाई जाँदैन, चिया पसले गोपाल कार्कीलाई जान्छ ।

कार्कीले लहान नगरपालिकाको मुख्य चोकदेखि १० किलोमिटर पश्चिम–उत्तरमा चिया पसल राखेका थिए । उनले दुई वर्षसम्म चिया पसलमा आउने समाजका अगुवालाई हाटबजारका चलाउनका लागि आग्रह गरिरहेका थिए ।

एक जना त्यागी बाबाले त्यहीँ यज्ञ गरे । शिवको मन्दिर निर्माण भयो । उनको हटिया लगाउने चाहनाले मूर्त रूप पायो । चिया नास्ताको पसल चलाएर छोराछोरी हुर्काउन र पढाउन पाए । चिया पसले कार्की हाट लागेकोमा धेरै नै खुसी छन् ।

अर्का किराना पसले श्रीराम महतो भन्छन्, “यस ठाउँमा हटिया लगाउने गोपाल कार्कीको योगदानलाई हामी स्थानीय व्यापारीले बिर्सन सक्दैनौँ । यस ठाउँमा हप्तामा दुई पटक हाट लाग्न थालेपछि उत्तरी भेगका किसानहरू निकै लाभान्वित भइरहेका छन् । हटिया लाग्न थालेपछि तरकारी खेती र उखु खेती गर्ने स्थानीय कृषकहरू उत्साही भएका छन् ।”

चौध वर्षदेखि लागिरहेको शिव चोक हटियामा सत्र वर्षदेखि कार्कीले चिया पसल गर्दै आएका हुन् । लहान–१३, मलहनमाका कार्की भन्छन्, “सुरुमा चिया पसल गर्दा एकरदुई लिटर दूध चिया बनाउन ल्याउँदा खपत हुँदैनथ्यो । अहिले ३० लिटर दुध ल्याउँदा पनि पुग्दैन । शिव चोकको हटियामा नुनदेखि सुनसम्मका व्यापार गर्ने व्यापारीहरू आउँछन् । सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्नेमा स्थानीय रानमकिसुन महतोले जोड दिए । उनले प्रहरी चौकी, खेतीको लागि सिँचाइ र दुध डेरी र शीत भण्डार भए यस भेगका किसान मजदुरका दिन फिर्ने बताउछन् ।

प्रतिक्रिया दिनुहोस