लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिनु भएको छ। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराउनु भएको हो ।

सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उम्मेदवारी दर्ता गराउनु भएको थियो । पछि ेहाँहरूले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खाँण निर्विरोध निर्वाचित हुनु भएको हो।

त्यस्तैगरी शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरू सहभागीता रहेको थियो।

यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक रहेका घर्ती पाल्पा(२ बाट दोस्रोपटक प्रत्यक्षतर्फ निर्वाचित हुनु भएको हो। गुल्मीकी खाँण भने समानुपातिकबाट निर्वाचित भएकी हुनुन्छ।

प्रतिक्रिया दिनुहोस