लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते लिने विश्वासको मत

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिनुहुने भएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे आज प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तैगरी गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ र स्वतन्त्र २ जनाको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस