काठमाण्डौ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवारबारे निर्णय लिन पदाधिकारी बैठक बोलाएका छन्। प्रमुख सचेतक रमेश लेखकका अनुसार सभापति देउवाले बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाउनु भएकाृे छ ।
बैठकले सभामुखमा उम्मेदवारी दिने कि नदिने, अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने कि नगर्ने, उम्मेदवार दिए कसलाई बनाउने भन्ने टुंगो लगाउने नेता लेखकले जानकारी दिनु भयो।
कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको छ।
कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ। संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।
सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुने भएको छ।