जनकपुरधाम : मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनु भएको छ।
मधेश प्रदेशसभाको मंगलवार बसेको दोस्रो कार्यकालको दोस्रो बैठकबाट माओवादी छोडेर एमाले रोजेका मण्डल सभामुखमा निर्वाचित हुनु भएको हो । मण्डलको पक्षमा ७४ मत परेको छ भने सभामुख पदकै अर्का उम्मेदवार कांग्रेसका जंगीलाल रायको पक्षमा २९ मत परेको थियो।
मंगलवारको बैठकमा १०३ सांसद उपस्थित भएका थिए। २०४६ सालमा एमाले निकट अनेरास्ववियुबाट विद्यार्थी राजनीति शुरु गरेका मण्डल शिक्षण पेशामा रहँदा २०५४ मा माओवादीको सदस्य भई २०५९ देखि पूर्णकालीन राजनीति शुरु गरेका थिए। पछि नेकपाबाट माओवादी र एमाले फुट्दा उनले आफ्नो पुरानो पार्टी एमाले रोज्नु भएको थियो।
प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ नियमको उपनियम पाँच बमोजिम भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेशसभा सदस्य रामचन्द्र मण्डललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव मंगलवारको बैठकमा प्रस्तुत गरेका थियो।