दाङ : लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्बिरोध निर्बाचित भएका छन् । पाल्पा २९२० बाट निर्वाचित माओवादी केन्द्रका घर्ती निर्विरोध भएका हुन् । लुम्बिनीमा मुख्यमन्त्री एमालेको भागमा परेपछि सभामुख माओवादी केन्द्रलाई परेको थियो । माओवादीले घर्तीलाई सभामुख बनाएको छ ।
त्यस्तैगरी उपसभामुखमा पनि सत्तागठन्धनकै उम्मेदवार राप्रपाकी मेनुका केसी खाँड निर्विरोध भएकी छन् । खाँड गुल्मी निवासी हुन् । उनी समानुपातिक सांसद हुन् ।
उपसभामुखमा तीन जनाको उम्मेदवार परेपछि काँग्रेस र नागरिक उन्मुक्ती पार्टीले उम्मेदवारी फिर्ता लिएपछि खाँड निर्विरोध भएकी हुन् ।