दाङमा बाइक दुर्घटना हुदा ३ जना घाइते

दाङ : दाङको राप्ती गाउँपालिका वडा नम्बर २ कालिका चोकमा बाइक एकाअर्कालाई ठक्कर भएको दुर्घटनामा ३ जना घाइते भएका छन ।
लु ५८ प २०६१ नम्बरको बाइक पश्चिम बाट पुर्व जाँदै गरेको र रा ५ प ७९७२ नम्बर बाइक पुर्व बाट पश्चिम् जाँदै गर्दा राप्ती गाउँपालिका वडा नम्बर २ कालिका चोकमा एकाअपसमा ठोक्किएका थिए ।

उक्त घटनामा प्युठान सरुमारानी गाउँपालिका दर्भानका वर्ष ३० का बाइक चालक शुभास सुनार र सोही ठाउँका वर्ष २५ का सबिन सुनार रहेको इलाका प्रहरी कार्यालय भालुबाङ ले जानकारी दिएको छ । त्यस्तैगरी अर्का चालक राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २८ का रण बहादुर दर्लामी रहेका छन । घाइते ३ नै जनालाई भालुबाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते शुभास र सबिनको दायाँ खुट्टा भाचिएको छ भने रण बहादुर दर्लामिको हात भाचिएको पनि इलाका प्रहरी कार्यालय भालुबाङ ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस