दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ : दाङमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– १६ लेटार निवासी २१ वर्षका सुशील चौधरी र मोटरसाइकलमा पछाडी सवार १८ वर्षका विवेक चौधरी रहेको दाङ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सौडियारबाट सर्रा तर्फ जाँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल बिहान करिब पौने २ बजे दुर्घटना हुँदा घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस