बालकको हत्या गरेको आरोपमा आमा र सौतेनी आमा पक्राउ

डडेल्धुरा : डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको आशंका गरिएको छ। आलिताल गाउँपालिका(८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर पुरेको आशंका गरिएको हो।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा पुगिसकेको छ।

बडूले शंकास्पद भनिएको घटनास्थल उत्खननका लागि जिल्लाबाट विज्ञको टोली मगाइएको बताए। आमा र सौतेनी आमालाई प्रहरीले पक्राउ गरेको छ। बोहरा १२ पुसदेखि बेपत्ता थिए।

उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस