कर्णाली प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता

सुर्खेत : कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ। शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ। त्यस्तै ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ।

अपराह्न ५:१५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५:३० बजेसम्म उम्मेदवारको प्रस्तावउपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्तासम्बन्धी समय रहेको छ भने १०:३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ। त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

क कसको दाबी सभामुखमा

सत्ता गठबन्धनभित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ। तर यो समाचार तयार पर्दासम्म समामुखको विषयमा अन्तीमटुंगो लागेको छैन। सभामुखका आंकाक्षीका रुपमा सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम अहिले सतहमा आएको छ। सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ।

कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दर्ता गर्ने

नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ। कांग्रेसबाट सुर्खेत १ क बाट निर्वाचित प्रदेशसभा सदस्य खड्क पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयामा आन्तरिक छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस