सोलुखुम्बु : सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका(२ का २५ वर्षीय विक्रम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई शुक्रवार हिजो घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राम किशोर शाहले बताउनु भयो ।
युवक उपर जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ