दाङ : घोराहीमा भेटिएको ३५ हजार बढी नगद रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको छ । घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकको पिपल चौतारीमा झोला सहित भेटिएको ३५ हजार ४ सय नगद र नविल बैंकको चेक एक थान सहित प्रहरीले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बिष्टले भेटाउनुभएको उक्त रकम र चेक घोराही उपमहानगरपालिका ४ बस्ने बसन्ता पोख्रेलको भएको र फिर्ता गर्नुभएको हो । पिपल बोटको चौतारिमा बसेकी पोख्रेलले झोला बिर्सीएर हिडेपछि प्रहरी हवल्दार विष्टले भेटाउनुभएको थियो । पछि पोख्रेल सम्पर्कमा आएपछि उहाँकै पैसा र चेक भएको पुष्टि भएपछि प्रदान गरिएको हवल्दार बिष्टले जानकारी दिनुभयो ।