एनभिए  राष्ट्रिय भलिबल : त्रिभुवन भुवन आर्मी क्लब सेमिफाइनलमा

काठमाण्डौ : सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई तीन–दुईको सेटमा हराउँदै आर्मी सेमिफाइनलमा पुगको हो । यो खेलसँगै प्रतियोगिताअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपीएफले क्रमशः २५-१९ र २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौँ सेटमा क्रमशः २५-२२ र १५-५ को जित निकाल्दै समूह विजेता बन्दा एफीएफ उपविजेता बन्यो ।

अब सेमिफाइनलमा आर्मीले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग खेल्नेछ । त्यस्तैगरी अर्को सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल भोलि शनिवार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस