प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।

प्रदेशसभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको छ भने काँग्रेसका एकजना सांसद उपस्थित थिएनन्।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन रहेको छ

प्रतिक्रिया दिनुहोस