दाङमा दुईवटा मोटरसाइकल ठोक्किदा एकजना घाइते

दाङ : दाङमा दुईवटा मोटरसाइकल ठोक्किदा एकजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी ५२ वर्षीय देव बहादुर डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिजौरी बाट घोराही तर्फ जादै गरेको रा ६ प ६५६९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको रा ७ प ३९६३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिदा रा ६ प ६५६९ नम्बरका मोटरसाइकल चालक डाँगी घाइते घएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तैगरी घाइतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस