प्रदेश १ का र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

दाङ : प्रदेश १ का प्रदेशका मुख्यममन्त्रीले र गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनु भयो।

६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ। सरकारलाई समर्थन जनाए पनि भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा गएको छैन।

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो। तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो। माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन्।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने सरकारलाई सहज रुपमा काम गर्नका लागि बेलैमा विश्वासको मत लिने तयारी भएको बताउँछन्।

त्यस्तैगरी प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका नेता बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्। शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ। उपसभामुख नेकपा एमालेलेपाने भएको छ। उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ। एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको आकाक्षी हुन्।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन्।

त्यस्तैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि आजै विश्वासको मत लिँदैछन्। आज तीन बजे प्रदेश सभाको बैैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस