घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने

दाङ : एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हुनु भएको छ।

एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गर्नु भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुसँगको परामर्शपछि भुसाल सो पार्टी प्रवेश गर्न लाग्नु भएको हो। एकीकृत समाजवादीमा भुसाललाई तत्कालका लागि केन्द्रिय सचिवालयको सदस्य बनाउने तयारी भएको बताइएको छ।

त्यस्तैगरी एमाले परित्याग गरेर गत निर्वाचनमा प्रतिस्पर्धा गरेका भुसालले एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादी रोज्नु भएको हो। ।

प्रतिक्रिया दिनुहोस