सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री रावलले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो

विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिनु भएको छ। माओवादी संसदीय दलका नेतासमेत रहेनु भएको भट्ट डडेल्धुराबाट निर्वाचित हुनुन्छ भने सन्तोष समानुपातिक सांसद हुनुन्छ

मुख्यमन्त्री रावलले खगराज र सन्तोषलाई शपथ गराउनु भएको हो। उहाँहरूको मन्त्रालय तोकिएको छैन।

माओवादीका भट्ट अर्को चरणका लागि मुख्यमन्त्रीका दाबेदारसमेत हुनुन्छ। सत्ता गठबन्धनमा भएको आलोपालोको सहमतिअनुसार यहाँ पहिलो मुख्यमन्त्री एमालेका रावल बन्नु भएको हो।

प्रतिक्रिया दिनुहोस