पर्सा : पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को त्रिपति ट्रेडिङ एन्ड सप्लायर्सको कोइला डिपोमा गए राति कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ
ज्यान गुमाउनेमा भारतको मोतिहारी जिल्लाका २९ वर्षका पवित्र गिरी र बहारका मिथलेश यादव रहेका छन् । उनीहरू गए राति कोइला बालेर झ्याल र ढोका थुनेर सुतेका थिए ।
नारायणी अस्पतालबाट पुगेका डाक्टरले अक्सिजनको कमी हुँदा उनीहरूको निसासिएर ज्यान गएको बताएका प्रहरीले जनाएको छ ।