सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन्। रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो।​

सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षरसहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गर्नु भएको थियाृ। सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ।

रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।

रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ।

त्यस्तैगरी प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुईरदुई वर्ष गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस