विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो।
‘मुख्यमन्त्रीज्यूले २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छौँ,उहाले थाहाखबरसँग भने,‘योसँगै सभामुख निर्विरोध हुनुभएको छ घोषणा हुन बाँकी छ, २८ गते लगभग घोषणा हुन्छ।’ उहाले ३० गते उपसभामुख पनि चयन हुने जानकारी दिनुभयो।
प्रदेश १ मा माओवादी केन्द्रको असन्तुष्टिको विषयमा कसरी छलफल गरिरहनु भएको छरु भन्ने प्रश्नमाउहाले कुनै समस्या नभएको र करिब मिलिसकेको दाबी गर्नुभयो।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६० जना प्रदेससभा सदस्यको समर्थनमा कार्की पुस २४ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो।