दाङ : तराईको मौसममा केही सुधार आएको छ। दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो।
साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ। आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
हाल सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४।७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जानकारी दिएको छ।