बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

बागलुङ : १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको अन्तिम आदेशले थापालाई कैदसँगै पीडितलाई ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताउनु भयो।

थापाले बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए।

प्रहरीले थापालाई ०७८ भदौ २७ गते चितवनबाट पक्राउ गरी ०७८ कात्तिक ७ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो।

थापा तत्कालीन जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको ०७८ कात्तिक ८ गतेको इजालाशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए।

प्रतिक्रिया दिनुहोस