भारत : भारतबाट कैलाली आइरहेको बस उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
भारतीय प्रहरी ९गौरीफन्टा० थानाका प्रमुख उदय भार यादवका अनुसार बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।
दुर्घटनामा परेर ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते हुने अधिकांश नेपाली छन्।
बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार थिए।